मलंगवा नर्सिङ कलेजमा अध्यनरत २ छात्राको बलात्कारको आरोपमा २ युवक पक्राउ

सन्तोष यादव
सर्लाही: सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित कृष्णा चौकमा रहेको संत अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमा अध्यनरत २ जना छात्रा माथि जबर्जस्ती करणी गरेकाे आराेपमा २ जना ब्यक्ति पक्राउ परेकाे छ ।

पक्राउ पर्नेहरुमा धनुषा घर भई हाल मलंगवामा बस्दै आइरहेका दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मलंगवामा रहेको श्री सन्त अल्प माई राम नारायण नर्सिङ कलेजमा अध्यनरत दुई जना छात्राले आफू माथि ति पुरुषहरुले आफ्नो कोठामा पार्टी गरेर मदिरा खुवाई लट्ठ पारि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरी दर्ता गराए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं दिपेन्द्र पंजियार थारुले जानकारी दिएको छ।

उक्त घटना भाद्र ३० गतेको रहेकामा पिडित छात्राहरुले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। उनीहरु पढाईको शिलशिलामा मलंगवामा बस्दै आइरहेकी थिइन्।

छात्राहरुले तीन जनाको नाममा किटानी जाहेरी दिएकोमा दुई जना मात्र पक्राउ गरेको र अर्का एक जना फरार रहेको छ। यस विषयमा पत्रकारको टोली कलेजमा बुझ्न जाँदा त्यहाँ भेटिएका शिक्षक तथा कर्मचारीहरु कुनै किसिमको प्रतिक्रिया दिन नचाही क्वाटरमा लुकेर बसेकाले भित्री यथार्थ कुराहरु बाहिर आउन सकेको छैन। प्रमुख पनि कलेजमा उपस्थित नभएकोले पत्रकारहरु त्यसै फर्किएका थिए।

बलात्कारको आरोपीहरु पनि सोही कलेजमा अध्यरत रहेको श्रोतबाट बुझिएको छ।पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको प्रवक्ता पंजियारले जनाएको छ।

स्मरण होस यस नर्सिङ कलेजको बारेमा यसअघि पनि विभिन्न घटना सम्बन्धि समाचारहरु प्रकाशन र प्रशारण भइसकेको छ।कहिले पढाइको विषयलाई त कहिले शौचालय निर्माणमा भएको अनियमितताको विषयलाई समाचारहरु विभिन्न मिडियाहरुमा समाचारहरु आइसकेको छ।