
निराज रानाभाट
ललितपर : कृषि वैज्ञानिक डा. रामबहादुर खड्का ‘ राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार – २०८० ’ बाट सम्मानित भएका छन ।
विभिन्न ११ वटा विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार कृषि तथा पशुपन्छी अनुसन्धानको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याय बापत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा डा. खड्काले यो पुरस्कार प्राप्त गरेका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ११ औं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा आज ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा एक कार्यक्रम बीच उक्त पुरस्कार प्रदान गरेको हो ।
नेपालमा वाली विरुवामा लाग्ने रोगहरुको पहिचान तथा व्यवस्थापनका प्रविधि विकासमा डा. खड्काको योगदानलाई महत्वपुर्ण मानिन्छ ।
डा. खड्काले संयुक्त राज्य अमेरिकाको ओहाइयो राज्य विश्वविध्यालयबाट विद्धा वारिधि र त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट स्नातकोत्तर गरेका हुन् । डा. खड्का विगत १२ वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत छन ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार स्वास्थ्य, वनतथा वातावरण, उर्जा जलश्रोत तथा सिचाइ, उच्च शिक्षा ( प्राज्ञिक ), कृषि तथा पशुपन्छी खानेपानी, उदीयमान प्रविधि, विद्यालय शिक्षा ( विज्ञान शिक्षक ), विज्ञान तथा प्रविधि पत्रकारीता र नीजि क्षेत्र विधामा पुरस्कृत गरिने छ ।
पुरस्कृत हुने अन्य व्यत्तित्वहरुमा डा. रामहरी चापागाईं, रोशनी लक्ष्मी तुईतुई, डा. गौरव पारमर, डा. किरण गौतम, डा. सुचिता श्रेष्ठ, डा. रामवहादुर खड्का, प्रा.डा. जनार्दन लामिछाने, डा. रजित ओझा, डा. गणवहादु बज्राचार्य, राधारमण झा, इन्दिरा अर्याल, विजय यादव, श्याम वदन श्रेष्ठ र रविन श्रेष्ठ छन् । अनुसार ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा यो पुरस्कार आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री अशोक राइको प्रमुख आतिथ्यमा वितरण गरिएको थियो ।
