दैलेखको महाबुमा लगातार चट्याङ : आजपनि बाँसीमा १ जनाको मृत्यु ८ घाईते


पुष्कर खड्का
दैलेख : पछिल्लो समयमा दैलेखको महाबु गाँउपालिकामा लगातार चट्याङ परिरहेको छ । २०८० भदौ २९ गते महाबु गाँउपालिका १ खरिगैरामा चट्याङ पर्दा १ जनाको निधन, ९ जना प्रदेश अस्पताल सुर्खेतमा रिफर, ३ जना दैलेख अस्पतालमा उपचाररत थिए भने ८ जना सामान्य उपचारपछि घर फर्किएका थिए ।

यस्तै २०८० भदौ ३१ गते दिउसो करिब ३:०० बजेतिर महाबु गाउपालिका वडा नं,६ टाकुरी अमृत दर्लामीको भेडि गोठमा चट्याङ पर्दा निज गोठाला घाइते भएको र ८ ओटा भेडा मरेका थिए ।

२०८० असोज १ गते बेलुका ५:१५ मा दैलेखको महाबु गाँउपालिका ३, बाँसीमा  चट्याङ पर्दा १५ बर्षिए एक बालकको मृत्यु भएको छ भने  लालबहादुर बिष्टसहित ८ जना घाईते भएका छन ।

महाबु गाँउपालिकाको एम्बुलेन्स जाँदै गरेको र सबैलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउने तयारी भईरहेको वडा सदस्य डिल ब. खड्काले जानकारी दिएका छन ।

बिहान मौसम सफा भएपनि मध्य समयतिर पानी पर्ने गड्कने गरिरहेको समयले महाबुमा लगातार तीन दिन चट्याङ परिरहेको हो ।

यो पनि पढनुहोस :

दैलेखको बाँसीमा चट्याङ परेर मृत्यु तथा घाईते हुनेहरुको पहिचान खुल्यो