भारत/भारतिय चलचित्र र अहिलेको यथार्थ’

तीन वर्षअघिको एउटा लघु सिनेमाको स्मरण भयो यो समय मलाई । सिनेमा हिन्दी हो अनि नाम हो सिनेमाको कार्बन । यो सिनेमाको याद यतिबेलै आउनुको कारण भने भारतमा अहिले भइरहेको अक्सिजनको अभाव हो ।

सिनेमा सुरु हुन्छ अंग्रेज़ी वर्ष २०६७ बाट । अहिले २०२१ हो । यानिकी ६६ वर्ष पछिको दुनियाँबाट सिनेमाको सुरुवात हुन्छ । पहिला सुन्दर दृश्यहरू देखाइन्छ । झरना, खोला, जङ्गल, पुतली यस्तै यस्तै । त्यसपछि साल २०६७ देखाइन्छ । साल २०६७ देखिएपछि पृष्ठभूमिमा आवाज बज्छ- हाम्रो दुनियाँ पहिला यस्तो थियो । मलाई यो सबै कथा मेरी आमाले सुनाउनुभएको हो । र, मेरी आमालाई उहाँकी आमाले । २०६७ सालमा के हुन्छ भन्दा पुरै दुनियाँमा अक्सिजन सकिएको छ । अक्सिजनको अभाव छ । कार्बन नै कार्बन छ वायुमण्डलमा ।

एउटा पात्रसँग चाहिँ अक्सिजन छ । उसले जम्मा गरेको छ कतैबाट । ऊ अक्सिजनको तस्करी गर्छ । अब अर्को पात्रले पहिलो पात्रसँग अक्सिजन छ भन्ने थाहा पाएपछि लफडा नहोला त ? हेर्नुहोला नहेर्नुभएकोले ।

अहिले भारतमा अक्सिजनकोअभाव भएको सुन्दा यस्तो लागिरहेछ मलाई कि यो सिनेमामा भनिए जस्तै एकदिन दुनियाँमा अक्सिजनको अभाव हुनेछ । नहोला भन्न सकिन्न । र, बाँच्नका लागि मिनरल वाटर जस्तै बोतलको अक्सिजन किन्नुपर्ने पनि हुन सक्छ ।

सुन्दा हाँसो उठ्ला बोतलको अक्सिजन किन्ने कुरा सुन्दा । जबसम्म यस्तो अवस्था आउँदैन, तबसम्म मजाक नै लागिरहनेछ । कयौँ वर्ष पहिला बोतलमा पानी बेच्ने कुरा सुन्दा पनि हाँसो उठेको थियो होला त्यतिबेलाका मनुवाहरूलाई । अहिलेलाई यो नूतनले यति मात्र भन्दैछ। सावधानी अपनाउनुहोला । यो सिनेमा नहेरेको भए हेर्नुहोला ।