
कुशल अर्याल
काठमाडौं : अमेरीकाको जर्जिया राज्यको एटलान्टामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । नेपाली सास्कृतिक केन्द्रको आयोजना तथा एन. ए.जी, एन.आर.एन.ए जर्जिया, आइ.एन.एल.एस जर्जिया शाखा तथा डब्लु एच् एफको सहकार्यमा उक्त ज्ञान महायज्ञ आयोजना हुन लागेको संस्थाका महासचिव एवं समाजसेवी सिके पराजुलीले जानकारी दिएका छन् ।
श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ एटलान्टा आध्यात्मिक महोत्सव २०२३ नामाकरण गरिएको उक्त कार्यक्रम आगामी नोभेम्बर ५ देखि ११ तरिकसम्म सञ्चालन हुने छ ।
आध्यात्मिक उपासनाको पवित्र उदेश्यका साथ जर्जियामा नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने समेत लक्ष्य राखि आयोजना गरिएको उक्त ज्ञान महायज्ञमा वाचन प्रविण दीनबन्धु पोख्रेलले कथा वाचन गर्नेछन ।
उक्त ज्ञानमहायज्ञ कार्यक्रम सँगसँगै सामुहिक बर्तबन्ध, गुन्यूचोली, बेलविवाह, चौराशी पुजा जस्ता कार्यक्रमको पनि आयोजना गरीएको आयोजकले जनाएको छ । कार्यक्रम ग्लोबल मल दोस्रो तला ५६७५ जिमिकार्टर बिल्डिङ सुईट नं ६९० नरक्रस सहरमा हुने छ ।
समाजका वरिष्ठ समाजसेवीहरु डा प्रल्हाद पन्त,सिएन घिमिरे र सिके पराजुलीले उक्त कार्यक्रमको अगुवाई गरेका छन् । त्यस्तैगरी समाजसेवीहरु राजु थापा, दामु डङगोल, जनक बराल, अनुप श्रीवास्तव, बिनोद थापा, अल्बिन गोर्खाली, बिमल रेग्मी, मोहन तिमील्सिना, प्रेम बानिया, कपिल वाग्ले, मिरा कोइराला, भविन्द्र बस्नेत, राम डङगोल, रोहन घिमिरे अम्बिका लोहनी, बिनु गुरुङ जय नारायण शाहा, बाबुराम शर्मा, केशव शर्मा, कृष्ण पराजुली, राम पराजुली लगायतका व्यक्तित्वहरु कार्यक्रम सफल बनाउन हरबखत लागि परेका छन् ।
विदेशी भुमीमा रहेर पनि नेपाली सँस्कृति र धर्मको रक्षा तथा संस्कार जगेर्ना गर्न लागि परेको भन्दै कार्यक्रमको चौतर्फी प्रशंसा समेत भएको छ । पछिल्लो समयमा नेपालमा पश्चिमा संस्कृतिको वर्चश्व रहँदै गएको र त्यसको सिको गर्न थालिएको परिप्रक्ष्येमा पश्चिमा देशमै रहेर नेपालको धर्मसस्कृतिको प्रर्वद्धन, संरक्षण र रक्षा गर्न लागि पर्नु निकै गौरवको विषय भएको जानकारहरु बताउँछन् ।
यस्तो कार्यक्रमले विदेशमा रही विर्सदै गएको मौलिक संस्कृतिलाई पुन ः ताजकी बनाउने र नेपालदेशको कला, धर्मसंस्कृति प्रति आस्थावान बनाउन मदत गराउने संस्कृतिविदहरुको भनाइ रहेको छ । जुन निकै सरहानीय, र प्रसंशनीय रहेको पनि देखिन्छ ।
