
धादिङ : धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी देवालीछाप युवा क्लव थाक्रेले जित हात पार्न सफल भएको छ।
आज भएको धादिङ फुटबल क्लव र देवालीछाप युवा क्लब बिचको फाईनल खेलमा देवालीछाप युवा क्लव थाक्रेका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएकाे दुई मिनेट मै धादिङ फुटबल क्लव नीलकण्ठ विरुद्ध गरेकाे गाेल नै निर्णायक गाेल बनेकाे थियाे ।
यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । तर यो पटकको नकआउट विजेताले यस वर्षको जिल्ला लिग भने खेल्न नपाउने र अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने एन्फाको नियम रहेको जिल्ला फुटबल संघ धादिङका महासचिव थापाले बताए ।
धादिङ जिल्ला फुटबल संंघका उपाध्यक्ष राजन भण्डारीकाे सभापतित्वमा भएकाे पुरस्कार वितरण समाराेहमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठकाे प्रमुु आतिथ्यता रहेकाे थियाे भने कार्यक्रम संचालन महासचिव रामहरि थापाले गरेका थिए ।
