
मकवानपुर : नेपाल मगर संघ ईन्द्रसरोवर गाउँपालीका वडा नं. २ को चौथो वडा अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनवाट अध्यक्षमा सलिन थापा मगर र सचिबमा सन्ध्या थापा मगर सहित १५ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
ईन्द्रसरोवर गाउँपालीका वडा नं. २ स्थित हेविमा भएको कार्यक्रममा सलिन थापामगरको सभाध्यक्षता तथा नेपाल मगर संघ जिल्ला ।समन्वय समिति मकवानपुरको अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी संघका सहसचिव भूपेन्द्र रानामगरको विशेष आतिथ्य रहेको थियो ।प्रमुख अतिथि तुम्सिङ कार्यक्रममा बोल्दै मगर एकता जरुरी रहेको र मगर एकता बाटमात्रै हाम्रो हाम्रो संस्कृति वचाउन सकिने बताए ।
कार्यक्रमका बोल्दै बिशेष अतिथि रानाले मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति तथा चाडपर्व जोगाउँदै आउने पुस्तालाई बाटो देखाउनु पर्ने वताए ।
कार्यक्रममा मगर संघ ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष यज्ञराज थापामगर, ईन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष राजेश थापामगर, लगायतको उपस्थिति रहेको थियो ।
