
पुष्कर खड्का
दैलेख : दैलेख दुल्लुमा यहि भाद्र ३० गते शनिवार का दिन बास नेपाल दैलेख शाखा र उपशाखा दुल्लुको संयुक्त आयोजना मा भ्रष्टाचार विरुद्ध तीग नृत्य प्रतियोगिता हुने भएको छ ।
पछिल्लो समयमा बढ्दो भ्रष्टाचार रोक्नको लागि नजिकिदै गरेको हरीतालिका तिज लाई मध्यनजर गर्दै उक्त प्रतियोगिता गरिने बास नेपाल दैलेख शाखा अध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत बुढाले जानकारी दिएका छन ।
प्रतियोगितामा प्रथमलाई रु १० हजार (प्रमाणपत्र), द्वितीयलाई रु ७ हजार (प्रमाणपत्र)साथै सान्त्वनालाई रु ५ हजार (प्रमाणपत्र) वितरण गरिने र कार्यक्रम विजय मा.वि दुल्लु ७ दैलेखमा सम्पन्न हुने आर्थिक संयोजक प्रकाश आचार्यले बताएका छन ।
