अल्बर्ट आइन्स्टाइन एकेडेमीले विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनायो ( तस्बिर सहित)

काठमाडौं : काठमाडौंको अल्बर्ट आइन्स्टाइन एकेडेमी विद्यालयले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाइएको छ ।

बालबालिकामा लगानी भविष्यको थालनी भन्ने मुल नारा सहित ५९ औं राष्ट्रिय बाल दिवसको अबसरमा आयोजित पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयले विद्यार्थीहरुको सिर्जनशीलताको विकास सँगै उनीहरुमा रहेको प्रतिभा पहिचानको पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयले बालबालिकाहरुको नृत्य देखि नाटक र विभिन्न प्रतियोगीता तथा मनोरञ्जन सहितका कार्यक्रम गरी विद्यालयले बाल दिवस मनाएको हो ।

प्रतियोगितामा विभिन्न विधाहरुमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्याथीहरुलाई पुरस्कार वितरण गरीएको थियो । पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल सिंहले बालबालिकाहरुलाई दिवसको शुभकामना मधुवाला दिएकी थिइन् ।

दिवसको अबसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत अहिलेसम्म सम्पन्न विभिन्न विधाहरुमा सहभागी करिब २०० जना विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको शिक्षक जेनिशा श्रेष्ठले जानकारी दिइन ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल मधुवाला सिंहको अध्यक्षता र शिक्षक समिपराजको सन्चालनमा सम्पन्न भएको थियो ।

सम्पन्न कार्यक्रममा बोल्दै प्रिन्सिपल सिंहले देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको बाल विवाह लगायत बालबालिका माथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताइन ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणका घटना जारी रहेको, बालबालिका बेचविखन कार्य नरोकीएको तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीले जनाएका छन्।