
केपि कुमार जलन
काठमाडौं : विशाल राष्ट्रिय म्युजिक तिज गित अवार्ड २०८० बाट एकल तिज गित बिधाबाट आफ्नै लय शब्द र स्वरमा रहेको तिज गित’तारा’जुरी बाट गायिका शकुन्तला गैरेले अवार्ड प्राप्त गरेकी छिन ।
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड बितरण २०८० को उत्कृष्ट पाँच मनोनयन मध्येबाट टप १ मा आउन सफल कलाकारलाई म्युजिक अवार्ड प्रदान गरिएकाे छ ,।
स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर काठमाण्डौंको आयोजनामा तमु बौद्ध सेवा समाजको सभाहलमा प्रतिनिधि सभाका माननीय सदस्य एबं उप सभामुख ईन्दिरा रानाज्युकाे प्रमुख आतिथ्यतामा
एक भब्य समराेहका बिच कार्यक्रम सम्पन्न भएको हो ।
तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ११० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र बितरण गरीयको थियाे ।
