
केपि कुमार जलन
काठमाडौं : लाेक दाेहाेरी गायिका सीता परियार सांगितक कार्यक्रमकाे लागि पहिलाे पटक जापन प्रस्थान गरेकी छन ।
उनलाई उनका श्रिमान गायक पुर्ण परियारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बाट बिदाई गरेका छन । लामाे समय संगितमा निरन्तर लागेकि परियारकाे याे पहिलाे बिदेश कार्यक्रम हाे उनकाे लागि याे सबैभन्दा खुसिकाे पल हाे ।पछिल्लाे समय लाईभ दाेहाेरीमा निकै खाेजि हुने गरेकाे गायिका परियारका लाईभ दाेहाेरी युटुबमा छ्याप छ्याप्ती भेटिन्छ ।
गल्काेट समाज जापनले टाेकियाेमा आयाेजना गरेकाे तिज विशेष कार्यक्रम २०२३ सेप्टेम्बर १८ तारिक टाेकियाेमा भब्य रूपमा सम्पन्न हुनेछ । गायिका परियार संगै गायक भागिरथ चलाउने र चर्चित गायिका प्रिति आले पनि संगै जापान लागेका छन ।
उनिहरूले तिज विशेष कार्यक्रममा सांगितिक प्रस्तुती दिने छन पछिल्लाे समय थुप्रै कलाकाहरू बिदेशमा कार्यरत छन मनाग्य कमाई हुने रे आर्थिक हिसाबले पनि कलाकारकाे जिबनमा ठुलाे परिबर्तन आउने भयकाेले पनि कलाकारकाे मुख्य श्राेतकाे रूपमा बिदेशमा हुने कार्यक्रमलाई लिने गरिन्छ ।
बर्सेनि कलाकार बिदेशमा जाने गर्छन कतिपय कलाकार लाई बिदेशका कार्यक्रममा भ्याई नभ्याई छ । यसरी बिभिन्न चाड पर्बका अवसरमा बिदेशमा हुने कार्यक्रमले कलाकारलाई फाईदा त छदै छ । त्यस बाहेक पनि स्वदेशमा रहने नेपालीलाई पनि आफ्नो गाउकाे झल्को मेटाउने गर्दछ ।
जसकाे कारणले गर्दा पनि आयोजकले यस्ता मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको बताउछन । कलाकारको आम्दानिको बलियो श्रोत भनेको स्टेज कार्यक्रम नै हो त्यसमा पनि अझ बिदेशमा हुने कार्यक्रममा जानको लागि कलाकारहरूले हर प्रयास गरेका हुन्छन ।
यसाे त सांगितिक कार्यक्रमकाे शिलशिलामा बिदेश पुगेका कयाै कलाकार नेपाल फर्कि सकेका छन भने कति कलाकार बिदेशमा सांगितिक कार्यक्रममा रमाई रहेका छन।
