ब्लड क्यान्सर पीडित निर्जला ढुङगानालाई उपचारका लागि सहयोगको अपिल

काठमाडौं : मकवानपुरको मनहरा गाउँपालिका-५ की ४० वर्षीया निर्जला ढुङगाना विगत लामो समयदेखि बल्ड क्यान्सरसँग लडिरहेकी छन । हाल काठमाडौंको बसुन्धरामा डेरामा बस्दै आएकी  ढुङगानाले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित ढुङगानालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

परिवारिक स्रोतका अनुसार ढुङगानाको १० महिनादेखि महाराजगंजस्थीत टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।अहिलेसम्म उपचारमा लगभग २५ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध परिवारले गरेको छ’, विरामीका श्रीमान निरज बिडारीले भने, ‘४ वटा किमो लगाइसकिएको र अब एउटा लगाउनलाई १ लाख खर्च हुने र यहि भाद्र २७ गते लगाउनु पर्ने अति आवश्यक भएकाले सबैसँग सहयोगकालागि आग्रह गरेका हौं ।

सहयोगको लागि हाल नागरिक कल्याण समाज नेपालले पनि पहल गरिरहेको छ ।

निर्जला ढुङगानालाई सहयोग जुटाउन  ग्लोबल आई.एम.ई. बैंकमा रहेको १७४०७०११०३२१८५ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि ढुङगानाको मोबाइल नम्बर ९८४१२५५२०८ वा नागरिक कल्याण समाज नेपालका अध्यक्ष हेमसागर सिटौला ९७४९२४७७४८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।