
ललितपुरः विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । माग भन्दा रगतको आपुर्ति कम हुने हुँदा शहरमा सधैं रगतको अभाव हुने गर्दछ । विज्ञानले हाल सम्म कृतिम रगतको आविष्कार गर्न नसकेको अवस्थामा मानवद्धारा गरिने रक्तदान नै रगतको एक मात्र विकल्प रहेको छ ।
रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले लायन्स क्लव अफ काठमाडौ हिमनदी, नेपाल रेडक्रस सोसाइटी ललितपुर महानगरपालिका वडा नं. ९ च्याप्टरको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर मंगलबार स्थित महारानी पोखरीमा संचालित उक्त उक्त बृहत रक्तदान शिविरमा १२० जना रक्तदाताले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौंका प्रिसिडेन्ट गंगामान व्यञ्जनकारले जानकारी गराए । उक्त रत्तदान कार्यक्रममा रक्तदाताहरुलाई टि सर्ट, फ्रेम सहितको प्रमाणपत्र तथा स्वास्थ्यकर भोजन, फलफूल तथा जुसको व्यवस्था रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले सामाजिक र परोपकारी संस्था लायन्स क्लव अफ काठमाडौ हिमनदीले आयोजना रहेको बृहत रक्तदान कार्यक्रमम १२० पिन्ट रगत संकलन भएको जानकारी पाउँदा खुसी लागेको बताउँदै रक्तदान शिविरमा उपस्थित भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता प्रति आभार सहित धन्यवाद व्यक्त गरेका छन् साथै हाम्रो शरिरमा हरेक ३/३ महिनामा पुरानो रगत परिवर्तन भई नयाँ रगत बन्ने भएकोले नियमित रक्तदान गर्न रक्तदाताहरु संग अनुरोध गरेका छन् ।
लाइन्स क्लव अफ काठमाडौ हिमनदीले यो भन्दा अगाडि पनि पटक पटक बृहत रक्तदान कार्यक्रम आयोजना गरि रक्त संकलन गर्दै आइरहेको छ । उक्त क्लवबाट संकलित रगतले धेरैको ज्यान बच्न सफल भएको छ ।
