साेलुखुम्बुकाे नेचा सल्यानमा नि:शुल्क दन्त शिबिर सम्पन्न

डिल्ली शर्मा
साेलुखुम्बु : साेलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित नि:शुल्क दन्त शिविरबाट ३५२ जनाले सेवा लिएका छन्। । विपि विचार राष्ट्रिय समाज सोलुखुम्बु तथा ओम डेन्टल चावहिलको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरबाट दाँत उखाल्ने, सफा गर्ने तथा दन्त सेवा सम्बन्धि सेवा प्रवाह गरिएकाे थियाे।

शिविरको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले उद्घाटन गरेका हुन् । उनले स्वस्थ शरिर भएमा मात्र मास्तिष्क स्वस्थ हुने र स्वस्थ मानिसले मात्रै समाज निर्माणमा भुमिका खेल्न सक्ने बताउदै ग्रमिण भेगमा प्रर्याप्त दक्षजनशक्ति र उपकरणकाे अभावले आम मानिसहरुले राेग पालेर बस्नु परेकाे बताए  ।शिविरमा गाउँपालिका भन्दा बाहिरी क्षेत्रका नागरिकले पनि सेवा लिएका छन् ।

गाउँमै दाँत सम्बन्धि उपचार गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । शिविर उद्घाटन कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, गाउँपालिका उपाध्यक्ष विना राई, लगायत कृयाशिल स्थानिय राजनैतिक दलका प्रतिनिधीहरुकाे उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेचासल्यान गाउपालिकाका प्रमुख धनजनराईले गाउँकाे बिकाशमा निजी क्षेत्रकाे सहयाेग अपरिहार्य हुने बताउदै दुर्गम क्षेत्रका जनतालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ओम डेन्टल अस्पताल चाबहिल र आयाेजक संस्थालाई हार्दिक धन्यबाद ब्यक्त गरे ।

ग्रामिण भेगका बासिन्दाहरुमा अन्धबिश्वास र मुख स्वास्थ्यकाे बिषयमा प्रर्याप्त जानकारी नभएकाे कारण दाँत सम्बन्धी समस्या बढ्दाे रुपमा रहेकाे चिकित्सकहरुले बताएका छन्।