धादिङको एन्फा नकआउट फुटबलमा १० क्लवले भाग लिँदै

धादिङ : जिल्ला फुटबल संघ धादिङले  संचालन गर्ने नकआउट फुटबल प्रतियोगितामा जिल्लाका १० वटा क्लवहरुले भाग लिने भएका छन् ।

भदौं २७ गतेबाट संचालन हुने प्रतियोगितामा प्रतियोगिता जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छन् ।

नक-आउट खेल्ने टिमहरुमा हाइवे स्पोर्ट्स क्लव वेनिघाट रोराङ गाउँपालिका मझिमटार, धादिङ जेसिस धुनीबेसी नगरपालिका धार्के,संभायोग युवा क्लव धुनीबेसी नगरपालिका खानिखोला, वच्छलादेवि युवा क्लव धुनीबेसी नगरपालिका,देवाली छाप युवा क्लव थाक्रे गाउँपालिका,अरुणोदय युवा क्लव सिद्धलेक गाउँपालिका,पिपलटार युवा क्लव सिद्धलेक गाउँपालिका, लालिगुँरास युवा क्लव सिद्धलेक गाउँपालिका, धादिङ फुटबल क्लव धादिङ नीलकण्ठ नगरपालिका र मुनाल एकेडेमी गजुरी गाउँपालिका रहेका छन् ।