रैथाने हाट बजारमा आगन्तुक बढ्दै, केही उपजको मुल्य अत्यधिक महंगो भएको गुनासो

 

असिम सापकोटा
काठमाडौं : हरेक हप्ताको शनिबार दरबारमार्गको ओरियन्ट क्याफेमा संचालनमा आइरहेको रैथाने कृषि हाटबजारमा रैथाने र स्थानिय उपजहरु किन्न तथा अवलोकन गर्न आँउनेहरुको सङख्या बढ्ने क्रम बढि नै रहेको छ, यसमा पछिल्लो समयमा संचारमाध्यमले दिएको प्राथमिकता, विभिन्न यसै क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको यसप्रति आकर्षण र स्वास्थ्य प्रति हामी सबै जागरुक बनेको कारणले नै हो । दरबारमार्गस्थित ओरियन्ट क्याफेमा भईरहेको हाट बजारका लागि रैथाने एग्री प्रडक्टस् नेपाल र ओरियन्ट क्याफेले ४० वटा स्टल निःशुल्क उपलब्ध गराउनुले यसको दिगोपन र किसानसँगै उपभोक्ताको दुरीलाई नजिक पार्नुले किसानले पनि सहि म्ुल्य पाँउनु र उपभोक्ताले समेत सहि मुल्यमै किन्न पाँउने सहजै अनुमान लगाउन सकिन्छ, यहाँ राखिएको केही उपजमा भने स्टल राख्ने व्यवसायीले मुल्यमा ख्यालै नगरी अत्यधिक मुल्य लिइएको पाइएको छ ।

अकबरे खुर्सानीको मुल्य औसत भन्दा महंगो

हुन त नेपाली बजारमा प्राङगारीक तथा जैविक पद्धतीबाट गरीएको बालीहरुको उत्पादन लागत थोरै महंगो हुने गरेको छ । तर पनि केही बर्षसम्म माटो विग्रिसकेको कारण यस्तो हुन सक्छ्, तर वास्तवमा उत्पादन लागत नै कम हुने र औसतमा खासै उत्पादन पनि कम नहुने कुरामा गहकिलो प्रमाण हामीलाई भरतपुर महानगरपालिका वडा नं १५ मा प्राङगारीक तथा जैविक पद्धतीबाट खेती बाली उत्पादन गरीरहेका छवि न्यौपानेले दिएका छन् र उनले यो उत्पादन र उत्पादकत्वको अवस्था सबैलाई हेर्न आँउन समेत चुनौती दिएर ठोकुवा गरेरै भनेका छन् र यो उनले प्रमाणित समेत गरेका छन् । अब कुरा गरौँ रैथाने कृषि हाटबजारका स्टलमा राखिएको अकबरे खुर्सानीको मुल्यको ।

नेपालमा उत्पादन भएको अकबरे खुर्सानीको मुल्य उतारचढाव भैरहन्छ नै, तर कुरा गरौँ अहिलेकै मुल्यको, कालीमाटी फलफुल तथा तरकारी विकास समितीको आजको नेपाली अकबरे खुर्सानीको मुल्य औसतमा प्रतिकेजी १७५ रुपैँया छ । अब यहाँनेर हामीले भन्न खोजेको यो होइन कि १७५ मैँ यहाँ पनि बेचियोस्, आज रैथाने हाटबजारमा बेचिएको अकबरे खुसानीको मुल्य प्रति १०० ग्राम १०० रुपैँयामै बेचिएको पाइएको छ । हुनत नेपालका विभिन्न जिल्लामा उत्पादन भएको अकबरे खुर्सानीको मुल्य फरक फरक नै छ होला, तर पनि यहाँ बेचिएको मुल्यले सबै यहाँ आँउनेहरुलाई यो मुल्यले कन्भिन्स गरेको भने थिएन्, नाम नभन्ने शर्तमा अकबरे खुर्सानीको मुल्य अत्यन्तै महंगो भएको र नेपालकै उत्पादन अकबरेको बजारमा भन्दा धेरै गुण महंगो भएको र हामीलाई समेत यो लेख्न र यो बारे बोल्न समेत आग्रह गर्दै आक्रोस पोखे, अनी हामीले यहाँको मुल्यको बारेमा एउटा जानकारी र रीपोर्ट आयोजक सम्म समेत पुर्याउन बाध्य बनायो । कालीमाटी फलफुल तथा तरकारी विकास समितीमा समेत आजको अकबरे खुर्सानीको प्रकाशन गरिएको मुल्य नेपाली अकबरेको हो या आयाति अकबरेको हो भनेर सोधेपछि यो मुल्य नेपाली अकबरेको नै हो भन्ने प्रमाणित भएपछि यो बिषयमा यसरी यथार्थ पस्कने प्रयास गर्यौ ।

स्कुसको मुल्य असुँहाउदो

रैथाने हाट बजारमा सर्लक्क परेका हरिया स्कुसहरु पनि निकै आकर्षक देखिन्थे, स्कुस विक्रि समेत राम्रै भएको थियो, अब कुरा गरौँ स्कुसको मुल्यको । आजको नेपाली स्कुसको कालीमाटी फलफुल तथा तरकारी विकास समितीमा मुल्यमा औसतमा प्रतिकेजी ३९ रुपैँया तोकिएको छ, तर पनि हामीले औसतमै ३९ मैँ विक्रि गरियोस्, यहाँनेर नेपाली जिल्लाबाट ल्याइएका स्कुसको मुल्य समेत असुहाँउदो थियो । यहाँनेर स्कुसको मुल्य ८० राखिएको थियो । एक जना ग्राहक नाम नबताँउने शर्तमा भन्दै थिए, स्कुसको मुल्य नसुँहाउदो र महंगो भयो । उनी भन्छन्, नेपालमा अत्यधिक धेरै जसो समयमा स्कुस फल्ने गरेको छ र बजारमा आँउने गरेको छ, तर दरबारमार्गको हाटबजारमा प्रवेश गर्ने बित्तिकै महंगो हुने रैछ कि क्याहो ? यससँगै सानो प्याकेट पारी बेच्न राखिएका टिमुर र जिम्मु पनि औसतमा बजारमा भन्दा दोबबर मुल्य भएका दाबी गरे ।

ओरियन्ट क्याफेले तयार गरी विक्रि गरेका खाजा अत्यधिक महंगो

दरबारमार्गको ओरियन्ट क्याफेले आगामी २ बर्षसम्म यस रैथाने कृषि हाटबजारको लागि कुनै पनि शुल्क लिने छैन्, रैथाने कृषि हाट बजारको आयोजक संस्था रैथाने एग्रि प्रडक्ट्स र ओरियन्ट क्याफे बिचको सम्झैतामा समेत यहि कु्रा छ, यो सम्झौताले बजार दिगो र निरन्तरतामा सहज हुने कुरामा २ मत कसैको रहेन्, यो योगदान गरेको ओरियन्ट क्याफेले सबैको स्याबासी समेत पाइरहेको छ, तर आज यहि ओरियन्ट क्याफेले तयार गरी राखेका विभिन्न खाजाहरु अर्थात कोदोको मम, सेलरोटी र कागुनोको खिरको बेचिएको मुल्यले भने यस क्याफेको सेवा भन्दा व्यवसाय मात्रै गरिरहेको छ भन्ने स्पष्ट देखिन्छ, अर्थात एउटा सेलकोको १०० रुपैँयामा बेचिरहेको छ ।

नाम नभन्ने शर्तमा एकजना अवलोकन गर्न आँउने ग्राहकले मगाइसकेपछि फिर्ता गर्न पनि अफ्ठेरो लाग्यो तर यो मुल्य अत्यन्तै महंगो भएको र यसबारे आयोजकलाई झझक्याएनु समेत भनी आग्रह गरेपछि हामीले यो कुरालाई समेत टिपोट गर्यौ । तातो–तातो सेलराटी, कोदोको मम र अचार विक्रि भने गरिरहेको थियो ओरियन्ट क्याफे सँगै रहेको स्टटले, तर सबै आँउने जतिलाई भने अत्यधिक महंगो भएको कारणले आकर्षित गरेको थिएन्, अधिकांश स्टलमा बस्नेहरुले समेत ओरियन्ट क्याफेले अत्यन्तै नसुहाँउने र महंगो मुल्यमा खाजा विक्रि गरेको बताएका थिए, एक पिस सेलरोटीको नै १०० रुपैँयामा र साथमा सानो डाडुको १ डाडु अचार सहित १५० मा अचार सहितको रोटी बेचेको देखिन्थ्यो, अधिकांश अवलोकन कर्ताले यो महंगो भने पनि केहीले भने मज्जाले किनिरहेको देखिन्थ्यो ।

ओरियन्ट क्याफेले यो बजार निशुल्क दिएर रैथाने कृषि अभियानलाई साथ दिएको देखिए पनि यसरी नसुहाँउदो मुल्यमा खाजा बेच्नु कमाउने मेसो मात्रै भएको अर्का अवलोकनकर्ताले नाम नभन्ने शर्तमा भिजन न्युज नेपाललाई बताए । उनी भन्छन्, विहान अवलोकनको लागि प्रायजसो भाकै आएका हुन्छन्, तर यसरी ओरियन्ट क्याफेले यति महंगो मुल्यमा खाजा बेच्दा आँफुजस्ता धेरैलाई मार पर्ने र क्याफेले यसरी मुल्य नलिन समेत आग्रह गरे, उनी भन्छन्, मानिलिनुस एउटा सेलको अत्यधिक मुल्य भनेको २५ देखी ४० मात्र हो, यसरी रैथाने बजारको बाहाना गराई क्याफेले महंगो मुल्यमा खाजाहरु स्टलमार्फत बेच्न खोज्नु जायज नभएको तर ओरियन्ट क्याफेले रेगुलर अन्य समयमा तयार गरी बेच्ने गरेको खाजामा चाँहि आफ्नो गुनासो नभएको बताए, क्याफेले टेबल सर्भिसमा बेच्ने गरेको मेनुको मुल्यमा चाँहि मेरो कुनै आपत्ति छैन्, केबल आपत्ति छ त यहि स्टलमा अवलोकनकर्तालाई बाध्य बनाई नसुहाँउने मुल्यमा खाजा बेचिरहेको ।

धेरै उपजहरुको मुल्यमा उपभोक्ता सन्तुष्ट

विभिन्न रैथाने चामल, कोदाको पिठो, मकैको पिठो, आलु, कागती, रैथाने केरा लगायत विभिन्न प्रकारका अचारको मुल्यमा सन्तुष्ट सबै उपभोक्ता मुल्यमा समेत सन्तुष्ट नै थिए । हाटबजारमा विभिन्न हिमाली जिल्लाका उत्पादनदेखी पहाडी जिल्ला र तराईका समेत विभिन्न स्थानिय उपजहरुका विक्रि स्टलहरु रहेका छन् । रैथाने गेडागुडी, जडीबुटी, मौसमी फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन पनि रैथाने हाटबजारमा मज्जाले सजिएको देख्न पाइन्छ ।

आयोजकले ध्यान दिनुपर्ने कुराहरु

विभिन्न पालिकाहरुका प्रमुखहरुलाई स्वयम उपस्थित बनाएर रैथाने हाट बजारमा जोड्न खोजेको र स्थानिय पालिकालाई किसान प्रति कर्तव्यबोध गराईरहेको आयोजकको एकदमै महत्वपुर्ण विषय बनेको छ । स्थानिय सिपबाट निर्मित हस्तकला लगायत सामाग्रीको प्रवद्र्धनलाई गरेको योगदान र यसरी दिगो बनाउन अहोरात्र टिम लागि परिरहेको कार्यको सम्मान गर्नैपर्छ । हरेक स्टलमा राखिएका उपज तथा सामाग्री र मुल्य के कस्तोमा विक्रि गरिएको छ र उपभोक्ताले समेत कसरी लिएका छन् भनी सबै स्टलका प्रतिनिधिसँग छलफल गरी कसरी धेरै भन्दा धेरैलाई लक्षित गर्न सकिन्छ भनी लाग्नुपर्नेमा आयोजकको थप ध्यान जानु जरुरी छ । स्टल राख्नेहरुले समेत एक पटक मात्र धेरै फाइदा नलिएर यस अभियानलाई कसरी दिगो बनाउन सकिन्छ र यस अभियानमा लाग्ने सबैको मन जित्नु जरुरी छ ।