
काठमाडौं : नेपालभाषा देखि नेपाली लगायत विभिन्न चलचित्र टेलिचलचित्रमा अभिनय गर्दै आएका वरिष्ठ हास्य कलाकार एवं कल्चर थिएटर अनलाइनका प्रमुख तथा लुँझ्या कलाकुञ्जका अध्यक्ष राजु महर्जन “जुजु”को एकल भजन संग्रह कृति एवम कोपिला नामक कविता संग्रह ललितपुरको प्रसिद्ध दरबार क्षेत्र मंगलबजार भित्र बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रामकृष्ण चित्रकार ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
जसमा विशेष अतिथिका रुपमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतको उपस्थित रहेको थियो।
जसमा स्वागत अध्यक्ष महर्जन स्वयंले दिएका हुन भने अतिथिलाई खादा माला संस्थाका सदस्य विना अवाले र प्रेममाया महर्जन बाट वितरण भएको हो।
