कविता -रक्षा बन्धन : भक्त राज देव

 

आयो आयो महिना रक्षा बन्धनको त्यौहार
झम झम बर्षिए बर्षासंगै सावनको फूहार
बहिनीको माया दाईभाईसंग राखीको प्यार
बाटो हेर्दै तिम्रो आशमा हामी थाल सजाएर
आयो आयो महिना रक्षा बन्धनको…

निधारमा चन्दन टिका बहिनीले गरि दिएर
गर्दनमा दूवोसंगै सयपत्री फूलको प्रेम हार
दिर्घायू रहून् दाईभाई दीपले आरती उतार
प्रेम स्नेहको रक्षा बन्धन हाथको यो श्रृंगार
आयो आयो महिना रक्षा बन्धनको…

बिरानो सबै आफन्त आज लाग्छ सोहदर
मिठाई खाई दिनु दाजूभाइ न गर्नु तिस्कार
सुनचाँदी र रूपैयाँ चाहिँदैन मलाई उपहार
रक्षा बन्धनको लाज राख्नु तिमी हौ हजुर
आयो आयो महिना रक्षा बन्धनको…

माईतीको राखीसंगै नाता हाम्रो यो सरोकार
हर हालमा बहिनीको दाजुभाइले गर्नु उध्दार
बहिनीको रक्षा कवक्ष हो यो गर्छ संकट पार
रक्षा बन्धन सन्देश हाम्रो सन्तानको संस्कार
आयो आयो महिना रक्षा बन्धनको…

 

 भक्त राज देव
बिषहरिया, राजबिराज न.पा.-१३ सप्तरी (नेपाल)