पहिरोले सम्भावित क्षती हुने भएपछि दोलखाको खोलिखीम बजार शिल

उद्बब बिश्वकर्मा
दोलखा : दोलखाको उत्तरी सिङ्गटीको खोलिखिम बजारलाइ शिल गरिएको छ। अत्याधिक वर्षातको कारण पहिरो गएको र सम्भावित क्षति हुन नदिनको लागि सो क्षेत्र शिल गरिएको बताइएको छ। सिङ्गटी हुँदै बिगु गाउपालिकाको वडा नम्बर
४ लादुक वडा नम्बर ३बुलुङ र वडा नम्बर २ ओराङ तर्फ जाने सडक किनारमा निकै नै ठूलो ढुङ्गा पल्टिने सम्भावना रहेको र त्यो ढुङ्गा पल्टिएको खण्डमा सिङ्गटिको खोलिखिम बजारमा ठूलो क्षती पुग्ने छ।

दोलखाको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अनुसार करिब ३० मिटर ब्यास भएको ढुंगाले आफ्नो जमिनको भाग छोडेकाले जोखिम बढेको बताए । ढुंगालाई सोही स्थानमा टुक्रा बनाएर फुटाउन सकिन्छ या वैकल्पिक बिधि अपनाउन सकिन्छ भन्ने विषयमा बिज्ञसहितको टोली मगाएको उनले बताए । बिज्ञहरुको अध्ययनपछि थप निर्णय गरिने भन्दै प्रजिअ धमलाले हाल ढुंगा खसेर हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सो आसपासका बस्ती शिल गरिएको र अन्य विकल्पका वारेमा छलफल भैरहेको बताए ।

दोलखाको प्रहरी प्रमुख दिपक खड्काको अनुसार जोखिम युक्त क्षेत्रमा बसोबास गरिरहेका घरपरिवारलाई गाउँपालिका–३ स्थित बजार क्षेत्रमा सारिएको जानकारी दिए । भीरमाथिको ढुंगा खस्ने सम्भावना बढेकाले जोखिम रहेको स्थानका स्थानीयलाई प्रहरीको रोहवरमा सुरक्षित स्थानमा सारिएको हो । ढुंगा बस्तिमा खस्ने जोखिम बढेपछि यात्रु र सवारी साधन आवागमनमा समेत रोक लगाईएको छ ।

दोलखा जिल्लाको सुरक्षा निकायका प्रमुख, माथिल्लो तामाकोशी जलबिद्युत आयोजन बिज्ञ प्राबिधिक टोलीले पहिरो क्षेत्रको स्थलगत अवलोकन पनि गरिसकेको छ।