
सुरेन्द्र मण्डल
रंगेली : भदौ १० गते आइबार रंगेली ५ आमगाछीमा वडा कार्यलयको पहलमा आमगाछी टोलको बोडर देखि उत्तर १ कि मी को पक्की बाटोको सरसफाई गरिएको छ ।
गाउ समाज एवं बाटो घाटोमा दुर्गन्धित फोहोर मैलाले गर्दा सर्वसाधारण बिरामी हुने र वर्तमानमा डेगीं रोगको संक्रमणको खतरा बढेकोले उक्त डेगीं रोगको निर्मुलन का लगी गाँउ समाज स्वच्छ राख्न जनचेतनाका लागी नगर सरसफाई अभियान सुचारू गरीएको छ । यसै जनचेतना कार्यक्रम अन्तर्गत रंगेली वडा नं ५ आमगाछीमा भदौ ३ गते आइबार वडा स्तरीय सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति गठन गरिएको थियो ।
सो समिति मा वडा अध्यक्ष महानन्द मण्डल को संयोजकत्व मा वडा सचिव सत्यनारायण मण्डल , कार्यपालिका सदस्वय हेमन्ती देवी ठाकुर ,वडा सदस्य हिराकान्त झा ,वडा सदस्य गणेश ऋषिदेव ,वडा सदस्य श्रीमती पारो देवी सरदार , बुद्धिजीवी दिगम्बर मण्डल ,वडा सचिव सत्यनारायण मण्डल , स्वास्थ्य चौकी इन्चार्ज मुकेश कुमार मण्डल र तेजनारायण मण्डल गरी जम्मा ९ सदस्य समिति गठन गरिएको थियो ।
१० गते आइतबार उक्त समिति लगायत प्रहरी चौकी आमगाछी (क )का इन्चार्ज धान ब. राई ,आमगाछि प्रहरी चौकी(ख )का इन्चार्ज ,जनता मावि आमगाछीका प्र अ महेन्द्र पन्डित लगायत विद्यालयका छात्र छात्राहरू, आमगाछी स्वास्थ्य चौकी मा कार्यरत टोलका स्वास्थ्य स्वयम सेविका,नगर प्रहरीका साथै समाजका सजक, युवा ,बुद्धिजीवी लगायत स्थानीय युवा समाज सेवी दीपनारायण ठाकुर एवस सस्त्र बल धानापट्टीका समग्र सहकार्य मा दक्षिण नेपाल भारत को बोडर देखी उतर १ कि मि सुर्यनारायणको घर सम्म पिच बाटोको दुबै किनारमा रहेको फोहर मैला साफ गरीयो ।
