बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले मनायो भव्यताकासाथ ‘स्वर्ण अङ्क’

बर्दिवास :  शनिबार बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको पचासौँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगर प्रमुख   प्रह्लाद कुमार क्षेत्री थिए ।

यस प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले स्वागत कविता वाचन गरेर सञ्चालन गरिएको कार्यक्रममा संस्थाले बिगतमा गरेका सम्पूर्ण कार्यहरु समेटिएको भिडियो ‘बिगतलाई फर्केर हेर्दा’ वृतचित्र प्रदर्शन गरिएको थियो ।

उक्त वृतचित्र प्रदर्शनपछि औपचारिक कार्यक्रम सभाध्यक्ष, प्रमुख अतिथि र अतिथिको आसन ग्रहणबाट सुरु भएको थियो । आसन ग्रहणपछि प्रमुख अतिथिले बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । साथमा राष्ट्रिय गान गाइयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अतिथि लगायत उपस्थित सम्पूर्णलाई प्रतिष्ठानकी सदस्य विमला विकले शब्दद्वारा स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा अतिथिहरु चर्चित गजलकार प्रदीप रोदन, लोकगायक पूर्ण परियार, रूद्रसेन विश्वकर्मा, गायक देवनारायण जोशी, रञ्जित बस्नेत, निरज परियार थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख शुशिल शर्मा पौडेल, प्रतिष्ठानका संस्थापक अध्यक्ष इन्द्रराज लामा, सल्लाहकारद्वय मदन प्रभात र दीपचन्द्र मण्डल, वृहत साहित्य सञ्जाल मधेश प्रदेशका संयोजक तथा प्रलेस महोत्तरी अध्यक्ष नारायण घिमिरे, उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खड्का, शिक्षा तथा साहित्य प्रेमी नारायण बिक्रम थापा, नगरपालिकाका प्रशासकीय प्रमुख विसकसेन ढकाल, उद्योग वाणिज्य सङ्घ बर्दिबासका महासचिव तथा नमोबुद्ध होटलका सञ्चालक उत्तम श्रेष्ठ थिए ।

उक्त साहित्यिक तथा साङ्गीतिक कार्यक्रममा कोपिला साहित्य समाज मधेश प्रदेश संयोजक भवानी घिमिरे, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, बुढ्यौली साहित्य समाज महोत्तरी अध्यक्ष नानीराम दहाल, बलेसी साहित्य समाज महोत्तरी अध्यक्ष भिम कुमार राउत, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक अग्निकवच, बलेसी साहित्य समाज सर्लाहीका अध्यक्ष एवम् सर्लाही साहित्य समाजका आजीवन सदस्य लक्ष्मण पौडेल, जानकी नारी समाज महोत्तरी उपाध्यक्ष जमुना पोखरेल, लेखनाथ स्मृति सदन महोत्तरी अध्यक्ष जनक प्रसाद पौडेल, गौशला साहित्य समाज महोत्तरी अध्यक्ष मोहन महतो, विश्व नेपाली साहित्यसमाज महोत्तरी अध्यक्ष उद्वव अविचल, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना अतिथिका रुपमा उपस्थिति थिए । उक्त कार्यक्रममा नारायण खड्का, लालबाबु शर्मा, नारद काफ्ले, लिलानाथ गौतम, दुर्गा दहाल र विनोद ढुङ्गेलको सानदार उपस्थिति थियो ।

उक्त कार्यक्रममा सुनगाभा एफएम रेडियो का अध्यक्ष राजकुमार श्रेष्ठ, गुञ्ज होटलका सञ्चालक गुञ्ज बहादुर कार्की, बर्दिबास एफएम रेडियो का अध्यक्ष विजय महतो, युवा अभियान नेपालका अध्यक्ष विष्णु बम्जन, रेडक्रस सभापति सुदीप कार्की, शिक्षा अधिकृत रोमन निरौला, समाजसेवी तथा साहित्य अनुरागी निरोज अधिकारी, लाइन्स क्लव महोत्तरी अध्यक्ष दीपक महतो, सबैका लागि हामी संस्थाका अध्यक्ष रबि निरौला अतिथिका रूपमा उपस्थिति थिए ।

कार्यक्रममा सरकारी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, बर्दिबास स्थित विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थिति थिए भने विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायत सिन्धुली, सर्लाही, धनुषा र महोत्तरीका साहित्य प्रेमी तथा साहित्य अनुरागीहरूको भव्य उपस्थिति थियो ।

कार्यक्रममा सरकारी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, बर्दिबास स्थित विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थिति थिए भने विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायत सिन्धुली, सर्लाही, धनुषा र महोत्तरीका साहित्य प्रेमी तथा साहित्य अनुरागीहरूको भव्य उपस्थिति थियो ।

कार्यक्रममा प्रदीप रोदनको विशेष प्रस्तुति गजल रहेको थियो भने गायक पूर्ण परियार, रूद्रसेन विश्वकर्मा, रञ्जित बस्नेत, धननारायण श्रेष्ठ र निरज परियारले गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा शृङ्खला सफलताको शुभकामना मन्तव्य दिनेहरूमा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख शुशिल शर्मा पौडेल, बर्दिबास उद्योग बाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का थिए । उक्त कार्यक्रममा आफ्ना विचार राख्दै प्रमुख अतिथि नगर प्रमुख श्री प्रल्हाद कुमार क्षेत्रीले आफू बर्दिबासको समग्र विकासमा उत्तिकै चासो र चिन्ता राख्ने व्यक्ति भएकाले साहित्य र सङ्गीतमा पनि उत्तिकै साथ, सहयोग र समर्थन रहने कुरा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरुमा बाल कवि दशक बलम्पाकी, जेष्ठ कवि नारायण खड्का थिए भने अन्य सर्जक हरूमा जीवनस्पर्शी, बाबुराम खपाङ्गी, डा किशोर कुमार अधिकारी, फुलगेन महगी, मदन प्रभात, नारायण घिमिरे, भास्कर काजी, विनोद ढुङ्गेल, रमा शर्मा, मोहन महतो, अग्नि कवच, गणेश तिमल्सिना थिए भने सो कार्यक्रममा प्रतिष्ठानका सदस्य जीवन र जमुनाले कार्यक्रमलाई मिठास पार्ने कमेडी दोहोरी प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा पत्रकार गोपाल वराल, सुनिता बराल, विशाल बस्नेत पनि अतिथिका रूपमा उपस्थिति थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानको साहित्यिक र साङ्गीतिक साहित्य शृङ्खला (स्वर्ण अङ्क) सभ्य तथा भव्य रुपमा सम्पन्न गराउन आफ्नो अमूल्य समय दिने प्रमुख अतिथि नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री, गजलकार प्रदीप रोदन, गायककार पूर्ण परियार, रूद्रसेन विश्वकर्मा, धन नारायण श्रेष्ठ लगायत गजल, कविता वाचन गर्ने सर्जक लगायत उपस्थिति सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

पञ्चामृत कार्यक्रम, कलाकर्मी डटकम, साझापाना डटकम, उपत्यका पोष्ट डट कम मिडिया पार्टनर रहेको सो कार्यक्रम बर्दिवास स्थित दीपक पाटी प्यालेसमा बिहान १२:०० बजेबाट सुरु भएको थियो ।