
भिजन न्युज नेपाल, संवाददाता
दाङःनेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल सवार गाडी दाङमा दुर्घटना भएको छ ।आज दिउँसो दाङको तुलसीपुरस्थित उद्योग वाणिज्य संघ नजिकै पोख्रेल चढेको कारलाई रा १.च.९५५ नम्बरको स्कारपियोले पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गाडिमा क्षती भएता पनि कुनै मानविय क्षती भने नभएको महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी ले भिजन न्युज नेपाललाई जानकारी दिएकाछन ।
गाडिमा महासंघका केन्द्रिय अध्यक्ष पोख्रेल सहित,पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी,उपाध्यक्ष सन्तोष कुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए ।
