
अस्ति भर्खरै झै लाग्छ जब म दहथुम मा बि कक्षा आठमा पढ्दै थिय हाम्रा गाउँमा एक आध बाहेक हाम्रा र त्यो भन्दा अघिल्लो पुस्तालाई अशिक्षित भनिन्थ्यो तर गाउँका बारिमा मकै थियो मकै भित्र कोदो रोपिन्थ्यो कोदो संगै मास र गहत छरिन्थ्यो अनि मकै पाकेर छाडेका डाठ मा मकै बोडि र कात्तिके बोडि लहलह हुन्थ्यो भने बारिका डिलमा उस्तै मस्याम(सिलटुम) फल्थ्यो।
-सबैका गोठमा एक दुई देखि आधा दर्जन भैंसी थिय गाई थियो हलगोरु हुन्थ्यो कसै नभयपनी परेली गर्न एउटा भयपनी गोरु पालिन्थ्य अनि खोर भरी बाख्रा आह।
– समग्रमा भन्नुपर्दा हामी अशिक्षितको ट्यागमा थियौ तर गाउँ गाउँ बस्ती बस्तीमा मनग्ये कृषि थियो र मनग्ये उत्पादन पनि थियो।
-जब हामीले शिक्षितको ट्याग भिर्न थाल्यौ बिहान बेलुका घरैको खायर घासको भारी पछारेर बल्ल स्कुल जाने पद्धतिको विरुद्ध बोर्डिङ खोल्यौ बिहान आठ बजे तात्तातो खायर स्कुल जाने साझ पाच छ घर आयर भयपनी एउटो कोदाको रोटो टोक्दै डोको बोक्न छाड्यौ अनि के भो हेरौं त ?
– छोराछोरी लाई काम र उत्पादन बाट पुरै बिमुख बनायौ, अलेली पढेसी कृषि र उत्पादन शीत पुरै साइनो तोड्यौ कि जागिर खान शहर पस्यौ कि वैदेशिक रोजगार भनेर बिदेश कुद्न थाल्यौ अनि हाम्रा गाउँ खाली भय, उत्पादन हुन छोड्यो हामी आफैले आफैलाइ आत्मनिर्भरता बाट परनिर्भरता तर्फ धकेल्न पुग्यौ।
– आज म झन्डै पाच दसकको हुन पुगे मेरो पुस्ता देखि हामिले जानेर वा नजानेर शिक्षाका दुई मान्यता स्थापित गर्यौं यो धुर्ब सत्य हो।
– पहिलो मान्यता पढेकाले गाउँ बस्ने होइन भन्दै धमाधम शहर कुद्न थाल्यौ अनि दोश्रो मान्यता पढेकाले खेत वारि दाउरा घाँस अर्थात कृषि गर्ने होइन बरु बिदेश जानेहो र जानै पर्छ।
-हो यहीँबाट हामी देश लाई आत्म निर्भर बनाउन बाट पुरै हामी चुक्यौँ ?
-शिक्षाको अर्को पाटो पनि छ त्यो हो हाम्रो शिक्षाको सफलता सरकारी जागिर पाउनु अथवा युरोप, अमेरिका, अस्ट्रेलिया पुग्नुमा देख्न थाल्यौं।
-देशमै उद्यम गर्नेलाई हामीले गन्नै छोड्यौं,केही गर्न नसकेर देशमै हल्लिरहेको ‘ट्याग’ भिराईदियौँ, उसले त बिबाह गर्न कसैकी छोरिनै नपाउने बाताबरण सिर्जना गर्यौ हो यहीँ हामी फेरि चुक्यौं।
-हामीसँग देशलाई समृद्ध बनाउने दुई आधार थिय र छन त्यो हो कृषि र उद्धम तर परम्परागत रुपमा कृषि गर्दा त हामी आत्मनिर्भर थियौ भने त्यस्लाइ ब्याबसायिकिकरण गर्दा कहाँ पुग्छौ अथवा कहाँ पुग्थ्यौ होला?
-तर अफसोस आज नेपालमा कृषि र उद्धम दुवै उपेक्षित छन्।
मीनप्रसाद कोइराला(प्रतीक)
नेपाल कृषि उद्धम,
भीरकोट – ७ स्याङ्जा
