
काठमाडौं : राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुँदैछ। सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ।
हिजोदेखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन्। सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन्।
राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्। राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भइसकेको छ। जसको आधिकारिक घोषणा आज गरिनेछ।
