
राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारीमा रहेको ग्रामिण स्वाबलम्बन साना किसान कृषि सहकारी संस्थाले आफ्नो समाचारको विषयमा भ्रामक समाचार सम्पे्रषण गरेको भन्दै मिसन १५ अभियान शुरु गरेको छ ।
केहि मिडियाहरुमा सहकारी सम्बन्धी भ्रामक, असत्य, कपोलकल्पीत र तथ्यहिन सामाग्री सम्प्रेषण भएको भन्दै सहकारीले यहि भदौ १ गतेबाट १५ गतेसम्म मिसन १५ शुरु गरेको छ । यो अवधिमा १५ दिनसम्म सहकारीको ४ हजार ५ सय शेयर सदस्यहरुको घरघरमा जाने र म्यान्डेट लिने र झुठो प्रचार गर्नेलाई कारबाही गर्ने सहकारीका प्रबन्धक शालिकराम काफ्लेले बताए । ४ हजार ५ सय सेयर सदस्य रहको संस्थाको सेयर पुँजी २ करोड रहेको छ भनेसंस्थाले अहिलेसम्म ३२ करोडको कारोबार गरेको प्रबन्धक काफ्लेले बताए ।
२०५९ सालमा स्थापना भएको संस्थाले २०७० सालबाट कारोबार शुरु गरेको हो । सहकारीले कृषि, पशुपालनका क्षेत्रमा लगानी गर्दै उत्पादनमुलक कार्यमा सदस्यहरुलाई प्रेरित गर्दै आएको संस्थाले जनाएको छ । संस्थाले आफ्ना सदस्यको निधन भएमा १५ हजार देखि २५ हजार काजक्रियाका लागी र महिला सुत्केरी हुँदा २ हजार पोषणका लागी रकम सहयोग गर्दै आएको छ । यसरी सदस्यहरुको हितमा निरन्तर काम गर्दै आएको संस्थामाथि अनावश्यक तथ्यहिन प्रचार गरिनु दु:खद भएको भन्दै संस्थाले मिसन १५ अभियानको थालनी गरेको संस्थाले जनाएको छ । सहकारी नीति अनुसार नै सञ्चालन भईरहेको भन्दै भ्रामक समाचारबाट अबिचलित नहुँन आफ्ना शेयर सदस्यलाई सहकारीले आग्रह गरेको छ । समुहगत भेटघाट गरी शेयर सदस्यको राय, सुझाव संकलन गर्ने, सहकारीमा परेको अफठ्यारो शेयर सदस्य माझ राख्ने गरी मिसन १५ संचालन गरिएको सहकारीका अध्यक्ष बोधराज रेग्मीले जानकारी दिए । अर्जुनचौपारी गाउँपालिकाको अब्बल मानिएको सहकारी माथी अर्नगल प्रचारले संस्थालाई खासै असर नपरेपनि हुँदै नभएको तथ्यहिन खबर प्रकाशन र प्रसारण गरि दिँदा सहकारी परिवार दु:खी बनेको संस्थाका अध्यक्ष रेग्मीले बताउँदै उक्त समाचार को खण्डन यसरी गरेका छन् । जुन यहाँ जस्ताको तस्तै राखिएको छ।
