माण्डबी त्रिपाठी र राजन श्रेष्ठको आवाजमा ‘ चोली स्याइदिउँला ’ सार्वजनिक ( भिडियाे सहित )

निराज रानाभाट ,काठमाडौं : चर्चित गायिका माण्डबी त्रिपाठी र गायक राजन श्रेष्ठको समधुर आवाज रहेको ‘ चोली स्याइदिउँला ’ गीतको म्युजिक भिडियो आज सार्वजकिन भएको छ । जसमा चर्चित मोडल स्मारिका ढकाल र दिपेन खड्का लगायकाे अभिनय गरेका रहेकाे छ । सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको उक्त म्युजिक भिडियो काठमाडौंको सुन्दर स्थान जर्सिङपौवामा छायांकन गरिएकाे हाे । उक्त गीतमा बसन्त घिमिरेको शब्द र भगवन भुजेलको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिपिन आचार्यको रहेकाे छ । उक्त गीत एमबि रेकर्डिङ स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको हो ।

यसैगरी, उक्त गीतको निर्माण कमल प्रसाद शर्माले गरेका हुन् , भने कोरियोग्राफी प्रबिन थापाले गरेका छन । त्यस्तै, उक्त गीतको छायांकन बिरेन्द्र परियारले गरेका हुन् भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका छन । श्रींगारमा सरिता भारती साथै सन्तोषी आर्चाय रहेका छन् , भने व्यवस्थापक भुवन श्रेष्ठ रहेका छन । उक्त गीतको भिडियाे ‘ फिल्मी संसार ’ युटुब च्यानलबाट म्युजिक भिडियो गरिएकाे छ । उक्त गीतको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन । जसमा मिडिया पार्टनरमा जन अपडेट, भिजन न्यूज नेपाल, थाहा पाना, नारायणी प्रेस, द नारायणी पोष्ट, कृृषि खबर, चित्रवन खबर, भानु खबर र साझा अनलाइन टिभी अनलाइन मिडियाहरु रहेका छन् ।