जमुना सनमकाे तिजगित “हान पैतली सुन्तलीमा” अन्जली र बिनाकाे ईन्ट्री

केपि कुमार जलन

काठमाडौं: महिलाहरूकाे महानपर्व हरितालिका तिज नजिकिदै छ तिजका गित धमाधम बजारमा सार्वजानिक भएका छन । कति गितले तिजका भाब बाेलेका छन त कति गितले माया प्रेममा अाधरित रहेर तिजगित बजारमा ल्याएका छन यसै क्रममा “हान पैतली सुन्तली” तिजगित पनि बजारमा अायकाे छ । गायक सर्जक राजु सुनामको शब्द संगितमा रहेकाे हान पैतलि सुन्तली गितले दर खान माईत गएकी श्रिमतीले बुढाकाे बयान गरेकि छिन।
राजु सुनामकाे शव्द संगित म्युजिक एरेन्जमा गायिका जमुना सनम शान्तिश्री परियार र सुमन थापा मगरको आवाज रहेको छ ।
स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन, मनाेज कार्किकाे सम्पादन,करन चैसियरकाे छाँयाङ्कनमा चर्चित मोडेल अञ्जली अधिकारी ,बिना बिश्वकर्मा र लक्ष्मी थापा मगरकाे दमदार नृत्य रहेकाे छ , भिडियाे जमुना सनम अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।