रोसी वाङ्मय प्रतिष्ठानको ११ औं साधारण सभा तथा आवधिक अधिवेशन सम्पन्न

काभ्रे : रोसी वाङ्मय प्रतिष्ठानको ११औं साधारण सभा तथा आवधिक अधिवेशन नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलको प्रमुख आतिथ्यतामा २०८० श्रावण २७ गते शनिबार नमोबुद्द नगरपालिकाको भकुण्वेशीमा सम्पन्न भएको छ ।

वर्तमान कार्यसमितिका सचिव यन्त्रनाथ खनाल द्वारा संचालन गरीएको कार्यक्रम सचिव खनालले संस्थापक अध्यक्ष स्वार्गीय गोबिन्द थापाको कविता वाचन गरेर शुभारम्भ गर्नु  भएको थियो l  औपचारिक  कार्यक्रम सभापति र प्रमुख अतिथिको हातबाट दीप प्रज्वलन संगै स्वार्गीय थापाप्रति सम्मान स्वरुप उहाँको  तस्वीरमा माल्यार्पण गर्दै विधिवतरुपमा अघि बढेको थियो। कार्यक्रममा  स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश अधिकारीले राखेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोदनाथ अधिकारीले प्रस्तुत गरेका थिए ।

विशिष्ट अथितिकोरुपमा नेपाल टिलिभिजनका कार्यकारी निर्माता तथा साहित्य सर्जक दीपक समिर, रेडियो नमोबुद्द एफ एमका अध्यक्ष तथा साहित्यकार भक्त स्याङतानको उपस्थिती रहेको कार्यक्रम वर्तामान कार्यबाहक अध्यक्ष तथा नमोबुद्द नगरपालिकाका प्रथम  नगर प्रमुख टि. पि. शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न भयो । भेलामा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक मा.वि.का प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायत आतिथ्यता रहेको थियो ।

मनतव्य राख्ने क्रममा प्रमुख अथिती बलले  नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरु जुट्नुपर्नेमा जोड दिएका छन् । एक्काइसौ शताव्दीको लेखन विशेष गरेर् तेश्रो मुलुकका लेखकवर्गले  लेख्ने लेखनमा ल्याउनु पर्ने परिवर्तन र नयाँ पुस्तालाई  कसरि जोड्ने भन्ने  बारे बृहत छलफल आवश्यक रहेको कुरा प्रषट पारे l

भेलाले टि.पी.शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ l  कार्यसमितिले पूर्णता पाए संगै प्रतिष्ठानाले नयाँ उचाई चुम्ने विश्वास दिलाउदै सभाध्यक्षले कार्यक्रम विसर्जन गरे l