
जाजरकाेट: जाजरकाेटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्।
भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता हुनुभएकाे हाे ।
शिवालय गाउँपालिका छेडाचाैर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका-१३ गारातारामा रहेकाे सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेर उहाँ नदीमा बेपत्ता हुनुभएकाे हाे ।
उहाँकाे खाेजी भइरहेकाे तर नदीकाे बहाव धेरै भएकाले खाेजी कार्यमा कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ ।
