कांग्रेसको ‘आन्तरिक बिशेष अभियान’ स्याङ्जाको क्षेत्र नं २ को गल्याङ् मा

राजनप्रसाद पौडेल
स्याङ्जा: नेपाली कांग्रेस स्याङ्जाले ‘आन्तरिक बिशेष अभियान’ अन्तर्गत स्याङ्जाको गल्याङ् स्थित वीपी स्मृतिसभामा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस स्याङ्जा कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति अन्र्तगत प्रदेश २ (१) र २ (२) कार्यसमितिको संयुक्त आयोजनामा आन्तरिक विशेष अभियान सहितको छलफल शुक्रवार गल्याङ् नगरपालिका स्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको संगठन सृदृढीकरणमा जोड दिने उदेश्यले आन्तरिक बिशेष अभियान साउन २० गतेदेखि सुरु गरिएको बताइएको छ ।
सोअभियानको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सीतादेवी देवकोटाले मुलुकभर एकसाथ संचालन गरिएको यस अभियानको प्रभाव टोलटोलमा पुग्नु पर्ने कुरामा जोड दिएकी थिईन । उनले अभियानबाट कार्यकर्ता जागरुक बनाउने र पार्टी सुदृढीकरणमा जोड दिने बताएकी थिइन् ।

उक्त कार्यक्रममा , नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, प्रदेश सांसद महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, गण्डकी प्रदेश प्रतिनिधी एवं प्रदेश सदस्य सीता गुरुङ, प्रदेश सदस्य कुमबहादुर गुरुङ, स्याङ्जा का्रग्रेसका कार्यवाहक सभापति केदार काफले, उपसभापति शेरबहादुर थापा लगायतले संगठन बलियो बनाउन आगामी दिनमा गर्नु पर्ने कामका बारेमा चर्चा गरेका थिए ।

यसैगरी, महाधिवेशन प्रतिनिधिहरुमा , युवराज पाण्डे, लक्ष्मीप्रसाद रेग्मी, अर्जुनप्रकाश अर्याल र जेष्ठ सदस्य शालिकराम न्यौपाने लगायतले आ आफना धारणा राखेका थिए ।

क्षेत्रीय सभापति दिलिपप्रताप खाँणको सहभापतित्वमा सम्पन्न कार्यक्रममा २ (१) सभापति अर्जुनप्रसाद खनालले स्वागत, २ का कार्यवाहक सभापति टिकाराम तिवारीले धन्यवाद एवं क्षेत्रीय सचिव दिपक रेग्मीले कार्यक्रम संचालन गरेका थिए। ।

नेपाली कांग्रेस केन्द्रिय समितिको परिपत्र अनुरुप सो अभियान स्याङ्जा लगायत देशभर साउन महिनाभर जारी रहने बताइएको छ ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश, गाउँ, नगर एवं वडा सभापति एवं सदस्यहरु सहभागी थिए । सहभागी मध्येका ३० जनाले पार्टीभित्रका आन्तरिक बिषयबस्तुका बारेमा बिभिन्न प्रश्न सोधेका थिए ।

सो बैठकले केन्द्रिय उपसभापति एवं मन्त्री धनराज गुरुङ र पूर्व सांसद एवं पूर्व कांग्रेसका जिल्ला सभापति खगेन्द्रराज रेग्मीको शिघ्रस्वास्थ्य लाभको कामना गरेको थियोे ।
यसैगरी, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्व. शिवकुमार गिरीप्रति शोक प्रस्ताव पारित गरेको क्षेत्रीय सचिव दिपक रेग्मीले जानकारी दिएका थिए ।

स्याङ्जाको पुतलीबजार नगरपालिका – १ मा रहेको जिल्ला पार्टी कार्यालयमा ‘आन्तरिक बिशेष अभियान’ बुधवार उदघाटन गरिएको थियो ।