
रुपन्देही: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीले बुटवलको एक मन्दिरको प्रतीक्षालयमा रङ्गरोगन गरेको छ।
आफ्नो स्थापना काल देखि नै “गालामा दारी, काँधमा जिम्मेवारी” भन्ने मुल अभिभाराका साथ विभिन्न सामाजिक कार्यक्रमहरुमा आफ्नो दरोलो उपस्थित जनाउदै आएको गैर नाफामुखी सामाजिक संस्था दारी ग्याङको रुपन्देही शाखाले
२०८० साउन २७ गते शनिबार तदनुसार 12 अगस्ट 2023 मा दारी ग्याङ रुपन्देहीले एक औपचारिक कार्यक्रमका बिच बुटवल उपमहानगर वडा ३, गोलपार्क स्थित दुर्गा/ शिवालय मन्दिरको प्रतीक्षालयको परिसरमा रङ्गरोगन गरेको छ।
जिल्ला शाखाका अध्यक्ष भरत पौडेलको अध्यक्षता र शाखाका बुटवल उपमहानगर पालिका प्रतिनिधि सन्तोष न्यौपानेको संयोजकतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथ्यता मन्दिर परिसर समितीका उपाध्यक्ष हरिकृष्ण प्रधानले गरेका थिए भने कार्यक्रम संचालन राजन अधिकारीले गरेका थिए।
कार्यक्रममा दारी ग्याङ रुपन्देहीका सल्लाहकार सुनिल दर्जी गौतम लगायत शाखाका सदस्यहरु भुवन सुबेदि, श्रीधर कुवर, लेलिन भुर्तेल, बिमल पन्थी, जीवन विश्वकर्मा, प्रेमनाथ गौडेल, शिद्धान्त पाण्डे, रमेश लम्साल लगायतको उपस्थित रहेको थियो।
समाचार संयोजन- कृष्ण रसाईली ।
