युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छः गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताए ।

शनिबार नेपाली लेखक संघ काठमाडौं जिल्ला समितिको दोस्राे अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भविष्यको लागि छट्पटाइरहेका युवाहरुमा कसले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए।

उनले भने,‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ । युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर । युवाहरुको निराश भइरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ ।’

महामन्त्री थापाले आफ्नो भविष्यको लागि छट्पटाइरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए ।