बुद्ध नेपालमा जन्मिए भन्दैमा, हामि ज्ञानि हुँदैनौ :बिजय कुमार पाण्डे

 

बिजय कुमार पाण्डे नेपालको एक लोकप्रीय शंचारकर्मी हुन्,उनले विभिन्न टेलिभिजनहरुमा टक शो सन्चाल गरे त्येसमध्य उनको सबैभन्दा लोकप्रीय कार्यक्रम दिशानिर्देश हो ।

बिजय कुमारको छबी पत्रकारिता हुँदै पछिल्लो समय लोकप्रीय लेखकको रुपमा पनि स्थापित भएको छ। उनको पहिलो कृति खुशी मदन पुस्कार बिजेता कृति हो भने पछिल्लो समय उनको नयाँ उपन्यास सम्बन्धहरु बजारमा आएको छ।
आज २५६५ औ बुद्ध जयन्तिको दिन बिहानै बिजय कुराम पाण्डेले आफ्नो मातहतमा संचालन हुने दिशानिर्देश नामक युटुब मार्फत एउटा भिडियो सार्वजनिक गरेका छन्, सोहि भिडियोमा उहाले भन्नु भएको कुरालाई अक्षरमार्फत हामि यहा प्रस्तुत गर्दै छौ।

वैशाख महिनाको पुर्णिमाको चन्द्रमा संग शिदार्थ गौतमको जीवनको साइनो देखेर म छक्क पर्छु। बैशाख पुर्णिमाको दिन उनले जन्म लिए, बैशाख महिनाको पुर्निमाकै दिनमा उनले ज्ञान प्राप्त गरे, र वैशाक महिनाकै पुर्णिमाको दिनमा उनले पृथ्वीमा अन्तिम श्वास फेरे।वैशाक महिनाको पुर्णिमा सित शिदार्थ गौतमको सम्बन्ध देखेर म छक्क पर्छु।
बुद्दका बिषयमा धेरै कुराहरु देखेर म छक्क पर्छु, आफ्नो जन्मको २५०० वर्ष पछी पनि उनि कसरि लोकप्रीय भएर बस्न सकेका होलान?
मनुष्य शब्यताको मस्तिष्कमा? म छक्क पर्छु। होइन भने के तपाई भन्न सक्नुहुन्छ आजभन्दा १० बर्ष अगाडी संसारमा सबैभन्दा बढी चल्तीको अध्यात्मा गुरु को थिए?संसारको सबैभन्दा शक्तिशाली मान्छे को थिए,संसारको सबैभन्दा राम्री स्वास्नी मान्छे को थियो?संसारको सबैभन्दा धनि को थियो?संसारको सबैभन्दा चल्तीको लेखको को थियो?संसारको सबैभन्दा पहलमान को थियो?

१० वर्ष अगाडिकै हामीलाई सम्झन गारो हुन्छ,गुगलमा खोज्नु पर्छ। तर पच्चीस शताब्दी भन्दा अझै धेरै समयहरु बितिसके बुद्धको चमक आफ्नो ठाउँमा यथावत छ, अझ बढ्दै छ,पछिल्ला दिनहरुमा त संसारका एक से एक विद्वान,बुद्दिमान र ज्ञानवान भनेका बैज्ञानिकहरु उनको प्रमाणिनतालाइ लिएअर आश्चर्य मान्न थालेका छन, चमत्कृत भएका छन। बुद्धको बिषयमा सबैभन्दा रमाईलो कुरा के छ भने,उनले आफुकहा आउने कोहि पनि मान्छेसँग आस्था पुर्व भुक्तानी माग्दैनन, तँ पहिला मलाई ढोग,तँ पहिला मलाइ मान,तँ मेरो कसम खा तँ मेरो अनुयायी बन अनि मात्रै तलाई शिक्षा दिन्छु भन्दैनन्।

यो उनको महानता हो,बिस्तारै बिस्तारै समय यस्तो आउँछकि शिष्य आफसे आफ शिर निहुर्याउँन बाध्य हुन्छ। उसले थाहा पनि पाउदैन कुन बखतमा उसले बुद्धको चरणमा आफ्नो शिर राखिसकेको छ। यो बेग्लै कुरा हो तर बुद्दले मान्दैनन,माग्दैनन आस्थाको पुर्व भुक्तानी। सारनाथमा एउटा गज्जबको बानि लेखिएको छ बुद्धको पाली भाषामा जहा उहा भन्नु हुन्छ,हे भिक्षु मैले भनेको भन्दैमा तिमीले केहि पनि पत्याउनु पर्दैन ,मेरा शब्दहरुलाई तिमि आगोमा पोल, पानीमा डुबाउ र आकाशमा उडाउ त्येस्पछी बिस्वास लागेछ भने,पत्याय हुन्छ।

यस्तो चुनौती पूर्ण बैज्ञानिक धाराणाले भरिएका अमर व्यक्तित्व हुन् गौतम बुद्ध। जसको जन्म नेपालमा भएको थियो,हामि सबैलाई थाहा नै छ। तर अब बुद्ध वाज बर्न इन नेपाल,बुद्ध वाज बर्न इन नेपाल भनेर कराएरमात्रै हाम्रो कर्तब्य पुरा हुँदैन। यदि बुद्धलाई हामि साच्चिकै आफ्नो मान्छौ भने,उअनका प्रति हाम्रा केहि न्युनतम जिम्मेवारीहरु पुरा गर्ने पर्छ हामीले। बिस्व सम्पदा सुचिमा पर्छ बौद्धनाथ,आस्थाको धरोहर हो बौद्धनाथ,भूकम्पले ढलेको थियो तर बौद्ध धर्मवालाम्बी र शुभाचिन्त्रकहरुले आफ्नो दान र परिश्रमले यसलाई फेरी चाढै उभ्याईदिए। पहिलाको भन्दा झन् सुन्दर र बैभवशाली बनाइदिए। बौद्दनाथको गजुर र त्येस्को आसपास कयौ किलो सुनको त् जलप लगाइएको छ।

यी सब काम सहयोगी हातहरुले चुपचाप गरिदिए,यी हातहरु मध्ये एउटा मुख्य हात सम्झन्छु आजको पावन दिनमा, भारतको धर्मशाला बस्ने तिब्बति गूरु ताइसे तुतुरिम्बुचे ,जसले यत्रो काम त्येत्रो योगदान गरे,यसमा सहयोग गरे,तर प्रचार कतै खोजेनन कतै लेखाएनन,कतै छापाएनन्,कतै देखाएनन्,कतै बोलेनन्। कसैले धेर कर गरेपछि यति मात्रै भने,यो काममा सहयोग पुर्याउनु हामि सबैको लागि सेवाको ठुलो मौका थियो। तपाइँ बिस्वास गर्नुहुन्छ?
तपाई कल्पना गर्न सक्नुहुन्छ, नेपालमा कसैले त्येस्तो गरेको?हामि बुद्धजन्मभूमिका मान्छे र सरकार दुबैलाई सोच्न समेत अलिकति गाह्रो हुन्छ होला।

जव जव बौद्धनाथको त्यो चम्किलो गजुर म हेर्छु ताइसे तोरिम्बुचेका प्रति मन श्रद्दले बिभोर हुन्छ,नतमस्तक हुन्छु,अरु सबै मनकारी हातहरु प्रति जसले यथासक्य सहयोग गरे,परिश्रम दान गरे,र दुनियाँलाइ बताइदिए हाम्रो मन्दिर भत्कन सक्छ तर हाम्रो आस्था भत्कने छैन।
सगरमाथा अग्लो छ भन्दैमा हामि स्वत अग्लो हुदैनौ,बुद्ध नेपालमा जन्मिएका भन्दैमा हामि स्वत ज्ञानि हुँदैनौ। हाम्रो शिक्षा प्रणालीमा र पाठ्यपुस्तकमा बौद्ध शिक्षा र दर्शनको उपस्थिति,हामीले बुद्ध धर्मबारे संसारभरी लगाउदै हिड्ने धागको तुलनामा ज्यादै कम छ। हामि कति धाग लगाउदै हिड्छौ नि बाहिरतिर हिड्दा बुद्ध वाज बर्न इन नेपाल,यस इट वाज। तर हाम्रो शिक्षा प्रणालीमा हाम्रा पाठ्यपुस्तकहरुमा अथवा हामीले बौद्ध शिक्षाको प्रचार प्रसारमा,हामीले बौद्ध गुम्बाहरुको संरक्षणमाअथवा तिनीहरुको बिकाशमा के योगदान गरेका छौ?

बुद्ध जन्मिएको देशमा बौद्ध अध्यन केन्द्रहरुको संख्या शुन्यप्राय छ। यी कुराहरुमा न पुराना सरकारले ध्यान दिए,न अहिलेको सरकारको ध्यान गएको छ। योई कामहरु हामीले गौतम बुद्धका लागि हैन,आफु र आफ्नो सन्ततिका सुख र शन्तोषका लागि पनि गर्ने पर्छ। कसैले मान मनितो गर्दैमा,कसिले तक्मा भिराउदैमा बुद्दको उचाई बढ्ने हैन। कसीले मान्दैमा बुद्ध जति अग्ला छन् त्यो भन्दा थप अग्ला हुने हैनन्। अथवा कसैले वास्ता नगर्दैमा उनको उचाई जति छ त्यो भन्दा घट्नेपनि हैन। यो हामीले उनाका निम्ति भन्दा आफ्नै निम्ति गर्नुपर्ने कुरा हो ।
बुद्ध वाज बर्न इन नेपाल ।
गौतम बुद्ध २५०० बर्ष पछी पनि संसारमा यति लोकप्रीय छन किनभने उनको शिक्षा र त्येको ध्यानका माध्यमबाट मानब जीवनका आधारभूत समस्याहरुको समाधान कतै न कतै ट्या पाइन्छ भन्ने कुरामा आज बिस्वभारिका बैज्ञानिकहरुले पनि मानेका छन।
अब त् दुनियाँलाइ थाहा भैसक्यो कि बुद्ध नेपालमा जन्मिएका हुन्। तर के बुद्ध जन्मभूमिका निवासी हामिलाइ थाहा छ? (बुद्ध जसको नाममा हाम्रो त्येत्रो धाग छ,गर्व छ स्वाभाविक पनि हो गर्व गर्नुपनि पर्छ ) बुद्धले के भनेका थिए?
कहा भनेका थिए,कसरि भनेका थिए,उनको शिक्षाको सार के हो ,उनको ध्यान्हारुको सार के हो,के हामीलाई यसको बिषयमा थाहा छ ? थाहा छ भने राम्रै हो। मलाइ थाहा छैन।

उनको शिक्षा कति प्रकारका थिए उनले कसरि शिक्षा लिय? के हामीलाई थाहा छ?
हो मलाइ चाहि थाहा छैन साच्चिकै भनेको।बुद्धका शंदर्भामा ओशोका भनाईहरु ह्रिदएस्पर्शी छन्। म ओशोलाई कोट गर्न चाहान्छु
(बुद्द जन्मको साथै मनुष्य जातिको इतिहासमै नया अध्याय सुरु भयो २५०० बर्ष पहिला बुद्धले जे भने आजपनि सार्थक महसुश हुन्छ र आउने सयकडौ बर्शहरुसम्म सार्थक रहनेछ ,बुद्धले जीवन र यस्का समस्या समाधानाहरुको जसरि शुक्ष्म विश्लेषण गर्नुभयो न त्यो पहिला कहिल्यै गरिएको थियो, न कसैले गर्न सकेको छ )
संसारमा गौतम बुद्धको अशंख्य प्रेमी छन हामि उंलाई शाक्यमुनि भनेर पनि बोलाउछौ। तर के तओआईलाई थाहा छ? बुद्ध आफुलाई के भनेर बोलाउथे?

शिदार्थ गौतम बुद्ध आफुलाई तथागत भनेर बोलाउथे, तथागत अर्थात त्यो जो जसरि आएको थियो त्येसरिनै गयो।
हिजोआज कोरोनाको माहामारी फैलिएको छ। मैले रिम्पुचेलाइ सोधे , यो के भएको र किन भएको? उहाले भन्नुभयो
यो मनुष्यहरुको सामुहिक कर्मको परिणाम हो।

मैले फेरी सोधे यो अब कति लामो समयसम्म रहला यो कोरोना कहर?उहाले शान्त स्वरले जवाफ दिनुभयो हामि सबैका गुरु शाक्यमुनि गौतम बुद्धले भन्नु भएको छ ,यो संसारमा सधैभरी केहि पनि रहदैन।
यति सुनिसकेपछि मैले शिदार्थ गौतमलाई एकछिन सम्झीए,शिदार्थ गौतम जो बैशाख पुर्णिमाको दिनमा लुम्बिनीमा जन्मि,शिदार्थ जो बैशाख पुर्निमाकै दिनमा बोधगयामा उनले ज्ञान प्राप्त गरे,बुद्ध भए।
र कालान्तरमा बैशाख पुर्निमाकै दिनमा कुशी नगरमा उअनाले आफ्नो शरीर त्याग गरे ।

(यस लेखमा समाबेश भएका सम्पूर्ण कुराहरु बिजय कुमार पाण्डेले आफ्नो युटुब दिशानिर्देशमा प्रशारण भएको भिडियोबाट उतारिएको हो)।