नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए

काठमाडौं : काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्। यो समाचार तयार पार्दासम्म स्कटल्याण्डले २५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ।