दैलेख : श्री सरस्वती आधारभुत बिधालय चामुन्डाबिन्द्रासैनीमा पानीको आलमा परिक्षा दिदै विद्यार्थीहरु

रंग शाही
दैलेख : दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत वडा न ८ सरस्वती आधारभुत बिधालय क्षेत्रमा केही दिन यता परेको अबिरल पानीको कारणले कक्षा कोठामा पानी भरिएको छ।

जसका कारण बस्न सकिने अबस्था छैन र बिधालयको छानाहरु पनि चुहिएको छ उक्त बिधालयमा आजै त्रमासिक परिक्षा संचालन रहेकाले पानीको आहालमै संचालन गर्नुपर्ने बाध्यता रहेको छ। यो बिधालयको समस्या सम्बन्धित निकायमा छिटो ध्यानाकर्षण होस ।

उक्त बिद्यालयमा विद्यालय व्यावस्थापन  समिति पनि राजनीति किचलोले गर्दा गठन हुन नसकेको  सोही बिधालयमा  कार्यरत शिक्षक उपेन्द्र प्रसाद खनालले भिजन न्युज नेपाललाई जानकारी दिए।