रुपा गाउँपालिकाले आउँदो वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाउने (पूर्णपाठ)

पोखरा : कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षको रुपमा मनाउने भएको छ । गाउँपालिकाभित्रका स्वरोजगार गर्न चाहने वर्गलाई लक्ष्य गरी ‘एक घर एक स्वरोजगारमूलक तालिम’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष रुपाका एक घर एक स्वरोजगार अभियान चलाउने जानकारी दिएका हुन् ।

‘रुपा गाउँपालिकाभित्रका रोजगार गर्न चाहने युवा, महिला, दलित, लक्षित वर्ग तथा स्वरोजगार गर्न चाहनो समूहलाई तालिम केन्द स्थापना गर्ने,’ रुपाको नीति तथा कार्यक्रममा भनिएको छ, ‘उनीहरुकोा ईच्छाअनुसार तालिमको व्यवस्था गरी एक घर एक स्वरोजगारमूलक तालिमको व्यवस्था गरिने छ ।’

गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन उनीहरुले उत्पादन गरेका वस्तुमा पनि न्यूनतम समर्थन मूल्य तोकेर बिक्रीको सुनिश्चिततासमेत गरिने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाले तोेकेको मूल्यभन्दा कम भएमा अपुुग रकम थप गरिदिनेसमेत पालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘कम मूल्यमा बिक्री हुने निर्धारित मूल्य अपुुग रकम गाउँपालिकाले व्यवस्था गर्ने नीति लिएको छ,’ उनले भने ।

त्यस्तै, गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत खपत गर्नेलाई महशुल निशुल्क गरिदिने उद्घोष गरेको छ । साथै, गाउँपालिकाभित्रका गुम्बा, मन्दिर, समाजघर, विद्यालयm मस्जिद आदिमा समेत बिजुली निशुल्क गर्ने नीति लिएको छ ।
रुपाको बजेट ४९ करोड ३९ लाख

रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४९ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

पालिकाको बजेटमध्ये ८ करोड ८८ लाख नेपाल सरकारबाट प्राप्त हुने वितीय समीकरण अनुदान, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ६ करोड ८६ लाख, प्रदेश सरकारबाट समीकरण अनुदान ९४ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४३ लाख पा्रप्त हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारबाटै समपुरक अनुदान २ करोड, जिसस मौज्दात कोषबाट १ करोड ४ लाख, गाउँपालिकाको अघिल्लो वर्षबाट ३ करोड र आगामी वर्षको आन्तरिक स्रोतबाट २ करोड ११ लाख व्यहोरिने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

बजेट वक्तव्य :

नीति तथा कार्यक्रम :