दाङमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ :दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चरो प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।