दाङमा थप २२ जनामा कोरोना

तुलसीपुर: दाङमा बिहिकार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ८० जनाको पिसिआर परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका १७ जना, तुलसीपुर, राजपुर, राप्ती, बंगलाचुली र बबईका १÷१ जना रहेका छन् ।

यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या एकसय १२ रहेको छ ।

संक्रमितहरुमध्य ८८ जना होमआइसोलेसनमा, १६ जना सामान्यमा र आईसियूमा आठजना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यसैगरी बिहिबार थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो संगै वैैशाख यता कोरोना मुक्त हुनेको संख्या आठहजार १५ जना रहेको छ ।

भने संक्रमितको कुल संख्या आठहजार तीनसय ३४ पुगेको केन्द्रले जनाएको छ ।

यस्तै कोरोनाका कारण बिहिबार थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालीका ५ का ५७ वर्षका पुरुष रहेका छन् ।

यो संगै जिल्लामा हालसम्म २ सय ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।।